काठमाडौं, बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको छ । बाबा सिद्दिकी हत्याकाण्डका फरार अभियुक्त जिशान अख्तरको नामबाट खानलाई भ्वाइस सन्देशमार्फत धम्की दिइएको बताइएको छ ।
सन्देशमा खानलाई बाबा सिद्दिकीको जस्तै अवस्था बनाइदिने चेतावनी दिइएको प्रहरी अधिकारीले बताएका छन् ।
पछिल्लो समय अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई समेत यस्तै धम्की आएको थियो ।
मुम्बई प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । धम्की वास्तवमै जिशान अख्तरले दिएका हुन् वा कसैले उनको नाम प्रयोग गरेको हो भन्नेबारे प्रहरीले छानबिन गरिरहेको छ । एआई प्रविधिको प्रयोग गरी आवाजको नक्कल गरेर धम्की दिइएको हुन सक्ने आशंकामा समेत अनुसन्धान भइरहेको छ ।


NPL Special
NPL Special
NPL Special
NPL Special