काठमाडौं, आगामी सुख्खायाममा विद्युत आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ ।
प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म चौबिसै घण्टा विद्युत आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो ।
भोटेकोसीमा आएको बाढीका कारण करिब ४३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएपछि आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यसअघि प्राधिकरणले तीन भारतीय कम्पनीसँग विद्युत खरिदका लागि दर मागेको थियो । सबैभन्दा कम प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँ प्रस्ताव गरेको एनटीपीसीले पछि उक्त दरमा सम्झौता गर्न अस्वीकार गरेको थियो ।
नयाँ प्रतिस्पर्धात्मक प्रक्रियामार्फत सस्तो दरमा विद्युत खरिद गरी सुख्खायामको माग व्यवस्थापन गर्ने प्राधिकरणको योजना छ ।


NPL Special
NPL Special
NPL Special
NPL Special