जनकपुरधाम, मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखसँग दाबी पेस गर्ने समयसीमा थप गर्न आग्रह गरेका छन् ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न दिएको समयसीमा आज साँझ ४ बजे सकिएको छ । तर, दलहरूबीच सरकारको नेतृत्व र गठन प्रक्रियाबारे सहमति जुट्न सकेको छैन ।
समयसीमा सकिन लागेपछि कांग्रेस, एमाले र नेकपाका नेताहरूले प्रदेश प्रमुखसमक्ष सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्न लिखित आग्रह गरेका हुन् ।
नेकपाका संसदीय दलका नेता युवराज भट्टराईका अनुसार छठपर्व तथा एमालेको राष्ट्रिय भेलालगायतका कारण दलहरूबीच पर्याप्त छलफल हुन नसकेकाले थप समय माग गरिएको हो । उनले सरकार गठनबारे विभिन्न दलबीच छलफल जारी रहे पनि नेतृत्वका विषयमा ठोस सहमति भइनसकेको बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने


NPL Special
NPL Special
NPL Special
NPL Special