काठमाडौं, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर उपलब्ध गराउन मन्त्रालयले कार्ययोजना अघि बढाएको बताएका छन्। बुधबार मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक प्रगति समीक्षा बैठकमा उनले युवालाई स्वदेशमै टिकाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए।
मन्त्री यादवले मन्त्रालयका बाँकी कार्यमाइलस्टोन पुस मसान्तभित्र सम्पन्न गर्न र बेरुजु फछ्र्योटलाई तीव्रता दिन अधिकारीहरूलाई आग्रह गरे।
मन्त्रालयका सचिव डा. दीपक काफ्लेका अनुसार ३० माइलस्टोनमध्ये १० वटा सम्पन्न भएका छन्। समीक्षामा राष्ट्रिय युवा ऐनको मस्यौदा कानुन मन्त्रालयमा पठाइएको, युवा दृष्टिकोण २०४० तयार भएको तथा एक हजार २०० जनाको सीप परीक्षणका लागि समझदारी भएको जानकारी दिइयो।


NPL Special
NPL Special
NPL Special
NPL Special