कास्की, छोटो समयमै हिमालको फेदीसम्म पुग्न सकिने, जङ्गलै जङ्गल शान्त वातावरणमा पदयात्रा गर्न पाइने र एकै पदमार्गबाट १३ वटा हिमचुचुराको अवलोकन गर्न सकिने विशेषताले कास्कीको मर्दी हिमाल पदमार्ग लोकप्रिय बनेको छ ।
पोखराबाट नजिकै रहेको यो पदमार्गमा अन्य कतिपय पदयात्रा मार्गको तुलनामा कम जोखिम छ । छोटो बिदामै हिमाली सौन्दर्यको अनुभव लिन सकिने भएकाले आन्तरिक तथा विदेशी पर्यटक पदयात्रामा आकर्षित छन् ।
मर्दी हिमाल पदमार्ग व्यवस्थापन समितिका अनुसार पछिल्लो समय दैनिक छ सयदेखि ७०० जनासम्म पर्यटक यस पदमार्गमा पदयात्राका लागि जाने गरेका छन् । विशेषगरी दसैँ-तिहारको समय र अनुकूल मौसमका कारण पर्यटकको आगमन बढ्दा उनीहरूको आवास तथा अन्य व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन उल्लेख्य बढेको बताए । उनका अनुसार असोजदेखि नै पर्यटकको चाप बढेपछि होटलमा आवास व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति
Next Article मेचीनगरबाट चार जना सडक मानवको उद्धार


NPL Special
NPL Special
NPL Special
NPL Special