काठमाडौं, नेपालमा विद्युत् चुहावट घटेर आर्थिक वर्ष २०८२/८३ मा १२.१६ प्रतिशतमा झरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा विद्युत् चुहावट १२.२६ प्रतिशत थियो।
सरकारले चालु आर्थिक वर्षमा विद्युत् चुहावट १२.२० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको थियो। तर निर्धारित लक्ष्यभन्दा कम अर्थात् १२.१६ प्रतिशतमा चुहावट झार्न सफल भएको मन्त्रालयले जनाएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार विद्युत् नेटवर्क स्तरोन्नति, नियमित मर्मतसम्भार र प्राविधिक सुधारका कारण चुहावट नियन्त्रणमा प्रगति भएको हो। दक्षिण एसियामा विद्युत् चुहावटको औसत दर १३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special