वीरेन्द्रनगर, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको पदक तालिकामा बागमती प्रदेशले अग्रता कायम गरेको छ। बुधबार वीरेन्द्रनगरस्थित रंगशालामा भएका खेलपछि बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल १९ पदक जितेको छ।
६ स्वर्ण, १ रजत र २ कास्यसहित कुल ९ पदक जितेको एनआरएनए दोस्रो स्थानमा छ। नेपाल प्रहरीले ३ स्वर्ण, ७ रजत र ८ कास्य गरी १८ पदकसहित तेस्रो स्थान ओगटेको छ।
नेपाली सेनाले पनि १८ पदक जिते पनि २ स्वर्ण मात्र प्राप्त गरेकाले चौथो स्थानमा छ। सुदूरपश्चिमले ३ र कोशीले १ स्वर्ण जितेका छन्। दोस्रो दिनसम्म एपीएफ, गण्डकी, कर्णाली, लुम्बिनी र मधेसले पदक जित्न सकेका छैनन्।


NPL Special
NPL Special
NPL Special
NPL Special