राँझा, नेपालगञ्ज उपमहानगरपालिका-२१ र २२ वडामा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ । यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ मा महत्वाकाङ्क्षी योजना अघि बढाएको थियो । तर, संरक्षण र उचित रेखदेखको अभाव देखिएको छ ।
स्थानीय पूर्वाधारको विकास र सौन्दर्य अभिवृद्धिका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ करिब रु १० करोड खर्चिसकेको छ । सौन्दर्य अभिवृद्धिका लागि हालिएका आकर्षक रेलिङहरू भत्किएका छन् भने पूरा ताल क्षेत्र झाडी र बुट्यानले भरिएर आफ्नो अस्तित्व गुमाउने अवस्थामा पुगेको नेपालगञ्ज-२२ पुरैनीका अगुवा चेतबहादुर थापाले बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न
Next Article दमौली खेलमैदान स्तरोन्नति गरिँदै


NPL Special
NPL Special
NPL Special
NPL Special