काठमाडौं, हमासको सैन्य शाखा अल-कासाम ब्रिगेड्सले दक्षिणी गाजा पट्टीमा भएको इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ सैन्य कमाण्डर मारिएको पुष्टि गरेको छ । ब्रिगेड्सले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
विज्ञप्तिमा अल-कासाम ब्रिगेड्सको सामान्य सैन्य परिषद्का सदस्य तथा राफाह ब्रिगेडका कमाण्डर ५३ वर्षीय समीर महमुद अबु युनिसको मृत्यु भएकोमा शोक व्यक्त गरिएको छ । कमाण्डरलाई शनिबार र आइतबारबीचको रातमा मारिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिका अनुसार, अल-कासाम ब्रिगेड्सको पहिलो पुस्ताका सदस्य अबु युनिस सन् १९९१ मा समूहमा आबद्ध थिए ।उनी यसअघि इजरायली जेलमा समेत परेका थिए ।
अक्टोबर ७ को आक्रमणको योजना बनाउन र त्यसको नेतृत्व गर्न अबु युनिसले महत्वपूर्ण भूमिका खेलेको पनि विज्ञप्तिमा उल्लेख छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इजरायली हवाई आक्रमणमा हमासका वरिष्ठ सैन्य कमाण्डर मारिएको पुष्टि
Previous Articleदुई दिनमा करिब २२०० आप्रवासी स्पेनको क्यानरी टापुमा आइपुगे


NPL Special
NPL Special
NPL Special
NPL Special