काठमाडौं,
टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप-३१) मा ११ वटा देश तथा सम्बद्ध पक्षले जलवायु वित्तका लागि करिब २७ करोड ३० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा नोक्सानी र क्षतिको सम्बोधनका लागि कोप-३१ सम्मेलनमा विभिन्न देशले उक्त जलवायु वित्तीय सहयोग घोषणा गरेका हुन् ।
उक्त रकममध्ये २२ करोड ६८ लाख युरो र एक करोड २२ लाख ३४ हजार अमेरिकी डलर रहेको प्राकृतिक स्रोत संरक्षण परिषद् (एनआरडिसी)को विवरणमा उल्लेख छ ।
कोप-३१ मा विभिन्न देशबाट घोषणा भएका योगदान जलवायु परिवर्तनको जोखिममा रहेका देश तथा समुदायको अनुकूलन क्षमता अभिवृद्धि, जलवायुजन्य विपद्का कारण हुने नोक्सानी तथा क्षतिको सम्बोधन र जलवायु वित्त परिचालनका लागि लक्षित छन् ।
जलवायु वित्तका लागि प्रतिबद्धता आउन थालेको अवस्थालाई सकारात्मक रूपमा लिनुहुन्छ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेती । “कोपको वार्ता राति अबेरसम्म पनि चलिरहेको हुन्छ । नेपाललगायत जलवायु जोखिमको मारमा परेका मुलुकले जलवायु वित्त बढाउन निरन्तर पैरवी गरिरहेका छन्,” उनले भने, “हालसम्म करिब २७ करोड अमेरिकी डलर बराबरको प्रतिबद्धता आइसकेको छ । प्रतिबद्धता आउने क्रम जारी छ । अन्य दातृ निकाय तथा मुलुकबाट पनि थप प्रतिबद्धता आउने अपेक्षा गरेका छौँ ।”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताकोे प्रतीक्षा
Previous Articleएपिएफ महिला गोल्डकपको फाइनलमा
Next Article एनपिएलमा आज चितवन र सुदूरपश्चिमबीच दोस्रो क्वालिफायर


NPL Special
NPL Special
NPL Special
NPL Special