काठमाडौं, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउने बताएकी छन्। उनले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि ठूलो असर भोग्नुपरेको उल्लेख गर्दै जलवायु वित्त ऋण नभई अनुदानका रूपमा उपलब्ध हुनुपर्नेमा जोड दिइन्। नेपालले भुटानसँग मिलेर हिमालमा तापक्रम वृद्धि सीमित गर्ने विषय सम्मेलनको कार्यसूचीमा राख्न प्रस्ताव गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा उठाउने नेपालको तयारी
Previous Articleअमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान जारी
Next Article टोपबहादुर रायमाझी रिहा हुने, पाए ६ महिना कैद छुट



NPL Special
NPL Special