काठमाडौं, टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी भई अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनके ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे।
त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ (नयाँ) सदस्यका रूपमा साहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ बारे नीतिगत अवधारणा छलफलका लागि पेस गरे ।
विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाउनुभएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी-२० समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तरराष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै कोप-३१ मा नेपालले उठाएका विषयमा सहयोग लिने उद्देश्यले अर्थमन्त्री डा वाग्लेसँग पाँच जना प्रभावशाली जलवायु दूतहरूको छलफल भएको छ । उहाँसँग बेलायतकी रेचेल काइट, अष्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र राष्ट्रसङ्घीय महासचिवका दूत सेल्विन हार्टसँग छलफल भएको सचिवालयले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleफिल्मको प्रचारमा पक्राउको दृश्य: के हो ‘क का कि की’ विवाद?
Next Article मियामी विमानस्थलमा दुई विमान ठोक्किए, दुई जना घाइते


NPL Special
NPL Special
NPL Special
NPL Special