Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

    November 29, 2026, 8:55 am

    सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

    November 29, 2026, 8:41 am

    जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती

    November 29, 2026, 8:27 am
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • NPL
    • समाचार

      पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

      November 29, 2026, 8:55 am

      सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

      November 29, 2026, 8:41 am

      जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती

      November 29, 2026, 8:27 am

      खान होइन त छुर्पी !

      November 29, 2026, 8:00 am

      चार वर्ष बित्दा पनि कोरलानाकामा अझै बनेन पूर्वाधार

      November 29, 2026, 8:00 am
    • राजनीति

      कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने

      November 29, 2026, 7:20 am

      ‘जनताभन्दा माथि नेता होइनन्, जनताको सेवक बन्नुपर्छ’ : गृहमन्त्री गुरुङ

      November 29, 2026, 7:09 am

      सरकारका कामकारबाही कानुनी प्रक्रियामा आधारित हुनुपर्छ : सभामुख

      November 29, 2026, 6:39 am

      राष्ट्रपति पौडेलसँग कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको भेट

      November 28, 2026, 7:48 pm

      सीमा मुद्दा नउठाएको भन्दै कांग्रेसद्वारा सरकारसँग जवाफ माग

      November 28, 2026, 6:45 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • राशिफल
    • मनोरञ्जन

      बलात्कारको आरोपमा फ्रान्सेली अभिनेता डेपार्डियुमाथि मुद्दा चल्ने

      November 27, 2026, 10:29 am

      ‘ॐ’ लेखिएको कपडा बिकिनीमाथि लगाउँदा केन्डल जेनर विवादमा

      November 26, 2026, 12:55 pm

      ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

      November 26, 2026, 7:15 am

      सिनेपा स्टुडियो निर्माणमा ढिलाइ नगर्न सञ्चारमन्त्रीको निर्देशन, प्राकृतिक सौन्दर्य जोगाउन विकल्प खोजिने

      November 25, 2026, 8:00 pm

      जापानमा दक्षिण कोरियाली ब्यान्ड एन्हाइफन

      November 20, 2026, 7:59 pm
    • सामाजिक

      तिहारमा ठूलो आवाज निकालेर उपद्रव मच्चाउने २५ मोटरसाइकलमाथि प्रहरीको कारबाही

      November 11, 2026, 12:25 pm

      ६ जिल्लामा प्रहरीको सक्रियता: लागूऔषधसहित १२ जना पक्राउ

      November 11, 2026, 11:30 am

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » तमोरको बगरमा फस्टायो ड्रागन फ्रुट खेती, वार्षिक १५ लाखभन्दा बढी आम्दानी
    व्यवसाय

    तमोरको बगरमा फस्टायो ड्रागन फ्रुट खेती, वार्षिक १५ लाखभन्दा बढी आम्दानी

    chhotokhabarBy chhotokhabarNovember 16, 2026, 4:15 pmNo Comments3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-16  धनकुटाको तमोर नदी किनारको बलौटे बगरमा व्यावसायिक खेती सम्भव छैन भन्ने मान्यतालाई चुनौती दिँदै धनकुटा नगरपालिका–९, छिम्सुवाका किशोर भण्डारीले कृषि उद्यमबाट राम्रो आम्दानी गर्न सफल भएका छन्। बालुवा र ढुङ्गाले भरिएको, सिँचाइको पर्याप्त सुविधा नभएको जमिनलाई उपयोग गर्दै उनले ड्रागन फ्रुटसहित विभिन्न फलफूल तथा तरकारी खेती विस्तार गरेका छन्। उनको कृषि उद्यमबाट अहिले वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ।

    तीन वर्षअघि भण्डारीले तमोर नदीको बगरमा करिब पाँच रोपनी क्षेत्रफलमा ३०० वटा ड्रागन फ्रुटका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गरेका थिए। सुक्खा तथा बलौटे जमिनमा समेत उत्पादन लिन सकिने सम्भावना देखेपछि उनले परम्परागत खेतीभन्दा फरक बाली छनोट गरेका हुन्। सुरुमा नयाँ बाली भएकाले उत्पादन र बजार दुवैमा चुनौती रहे पनि उत्पादन सुरु भएपछि बजारमा राम्रो माग देखिएको उनले बताए। त्यसपछि खेती विस्तार गर्दै अहिले ड्रागन फ्रुट खेती करिब नौ रोपनी क्षेत्रमा पुर्‍याएका छन्।

    सुरुका दिनमा ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँसम्म बिक्री भएको थियो। अहिले सिजन र बजारको अवस्थाअनुसार प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म मूल्य पाइरहेको भण्डारीले बताए। उत्पादन खरिद गर्न ग्राहक तथा व्यापारीहरू बगानमै आउने गरेका छन्। यसले बजार खोज्दै विभिन्न स्थानमा पुग्नुपर्ने समस्या कम गरेको छ।

    ड्रागन फ्रुट खेतीबाट प्राप्त सफलतापछि उनले एउटै बालीमा निर्भर नभई बहुबाली खेतीलाई प्राथमिकता दिएका छन्। हाल करिब पाँच रोपनीमा ५०० बोट एप्पल बयर र १५ रोपनी क्षेत्रमा स्थानीय मालभोग जातको केरा खेती गरेका छन्। यस वर्ष जी–नाइन जातको केरा पनि परीक्षणका रूपमा लगाएका छन्। त्यसैगरी म्याकाडेमिया, आँप, एभोकाडो र टमाटर खेतीसमेत विस्तार गरेका छन्।

    विभिन्न समयमा उत्पादन दिने बाली छनोट गर्दा वर्षभरि आम्दानीको सम्भावना रहने र एउटै बालीमा उत्पादन घट्दा हुने आर्थिक जोखिम कम गर्न सकिने उनको बुझाइ छ। एप्पल बयर, म्याकाडेमिया र एभोकाडोलगायत नयाँ लगाइएका बालीले आगामी दुईदेखि चार वर्षभित्र राम्रो उत्पादन दिने अपेक्षा उनले गरेका छन्। यसअघि करेला खेतीको अनुभवसमेत लिएका भण्डारीले बढी मेहनत र बजार व्यवस्थापनको समस्याका कारण त्यसबाट अपेक्षित आम्दानी लिन नसकेको बताए।

    तमोरको बगरमा खेती विस्तार गर्दा सिँचाइ व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको छ। बलौटे जमिनमा पानी टिकाउन कठिन हुने भएकाले नियमित सिँचाइको व्यवस्था आवश्यक पर्छ। यसका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोग र पर्डेप नेपाल धनकुटाको प्राविधिक सहकार्यमा सिँचाइ पोखरी निर्माण गरिएको छ। उक्त सहयोगले खेतीका लागि आवश्यक पानी व्यवस्थापन गर्न सहज भएको छ। सोही सहकार्यमा केरा खेती विस्तारमा पनि सहयोग पुगेको भण्डारीले बताए।

    उनको कृषि उद्यमले स्थानीयस्तरमा रोजगारीको अवसरसमेत सिर्जना गरेको छ। खेती विस्तारसँगै कामदारको आवश्यकता बढेको छ। रोजगारीका लागि गाउँ छाड्नुपर्ने बाध्यता रहेका युवालाई आफ्नै ठाउँमा कृषि व्यवसायमार्फत अवसर दिन सकिने उनको अनुभव छ।

    धनकुटामा पछिल्लो समय कम पानी हुने तथा सुक्खाग्रस्त क्षेत्रमा पनि ड्रागन फ्रुट खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको खेती विस्तार हुन थालेको छ। परम्परागत बालीबाट पर्याप्त आम्दानी लिन नसकेका किसानले वैकल्पिक खेतीका रूपमा ड्रागन फ्रुट रोज्न थालेका छन्।

    कृषि ज्ञान केन्द्र धनकुटाले जमिनको प्रकृति र हावापानीअनुसार उपयुक्त प्रविधि अपनाउन सके कम पानी हुने क्षेत्रमा समेत व्यावसायिक खेती गर्न सकिने जनाएको छ। केन्द्रले व्यावसायिक खेती गर्ने किसानलाई विशेषज्ञ सेवा तथा प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको छ। चालु आर्थिक वर्षदेखि अनुदानका कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको केन्द्रका प्रमुख नगेन्द्र राना मगरले बताए।

    हालको कृषि व्यवसायलाई थप विस्तार गर्दै आगामी दुईदेखि चार वर्षभित्र वार्षिक दुईदेखि चार करोड रुपैयाँसम्मको कारोबार पुर्‍याउने भण्डारीको लक्ष्य छ। त्यसका लागि उनले विभिन्न जातका फलफूल तथा तरकारी खेती विस्तार गर्नुका साथै बजारको सम्भावनासमेत पहिचान गरिरहेका छन्। उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको मागलाई ध्यान दिन सके कम उर्वर जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने उनको प्रयासले देखाएको छ।

    agriculture Dragon Fruits farming
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleबंगलादेशमा नेपालको ४० मेगावाट बिजुली निर्यात बन्द
    Next Article यौनहिंसासम्बन्धी विधेयकमा पाँच विषय सुधार गर्न सरोकारवालाको सुझाव
    chhotokhabar
    • Website

    Related Posts

    जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती

    November 29, 2026, 8:27 am

    जनकपुरबाट अयोध्याका लागि सरयु–कमला एक्सप्रेसको व्यावसायिक सेवा सुरु

    November 28, 2026, 7:30 pm

    दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन कास्कीका किसानको माग

    November 28, 2026, 11:00 am

    धनकुटाको निगाले सिमेन्ट उद्योग बन्द, १५० भन्दा बढी मजदुर बेरोजगार

    November 24, 2026, 3:00 pm
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm587 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm300 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm201 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm49 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm45 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm43 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    NPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL Special