काठमाडौं, चितवन तिहारको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सवारी र सर्बसाधारणको चाप हुने स्थानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले तिहार लक्षित गर्दै विष्फोटक पदार्थ र लागुऔषध पहिचान गर्ने तालिमप्राप्त दुईवटा कुकुर परिचालन गरेको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार तिहारको समयमा पटकाजन्य वस्तुको ओसारपसार हुनसक्ने सम्भावित नाकाहरुमा समेत सो कुकुरको परिचालन गरिएको छ । उनले भने, “मानिसको भीडभाड हुने स्थानमा लागुऔषध तथा विष्फोटक पदार्थको ओसारपसार हुनसक्ने भएकाले उच्च निगरानी बढाएका हौ ।” तिहार लक्षित सुरक्षा योजना निर्माण गरी ८०० भन्दा बढी प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
तिहारको सुरक्षामा चितवन प्रहरीका तालिमप्राप्त कुकुर परिचालन
Previous Articleगणेशमान सिंहको ११२ औँ जन्मजयन्ती मनाइँदै


NPL Special
NPL Special
NPL Special
NPL Special