काठमाडौं, चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङले रसुवा–भोटेकोशी बाढीपीडितलाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका काम अघि बढाउने र केरुङ नाका पुनः सञ्चालन गर्न चीन प्रयासरत रहेको बताएका छन्।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बिहीबार भएको भेटवार्तामा उनले विपद्का बेला नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। तीनदिने नेपाल भ्रमणमा रहेका वानमिङले भूकम्प, कोरोना महामारी र भोटेकोशी बाढीजस्ता विपद्का समयमा नेपाल र चीनले एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गरेका छन्।
भेटमा नगरप्रमुख प्रजापतिले नेपाल–चीन सम्बन्ध ऐतिहासिक र मित्रवत् रहेको बताउँदै आर्थिक विकास, पूर्वाधार तथा सांस्कृतिक क्षेत्रमा चीनको सहयोगको प्रशंसा गरेका छन्।
भेटपछि चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्र, टौमढी र तालाक्वका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गरेको थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special