काठमाडौं, डेबिड मलानको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससामु १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको हो ।
सुरुवातदेखि नै लगातार विकेट गुमाएको चितवनका लागि मलानले ५१ बलमा ७१ रन बनाए । अन्य ब्याटरले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा चितवन ठूलो योगफल बनाउनबाट चुकेको हो ।
अब फाइनल प्रवेशका लागि सुदूरपश्चिमले १३५ रन बनाउनुपर्नेछ । दोस्रो क्वालिफायरको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ ।


NPL Special
NPL Special
NPL Special
NPL Special