काठमाडौं, नवीकरणीय ऊर्जाको बढ्दो प्रयोग र इरान युद्धका कारण तेलको मूल्यमा आएको वृद्धिले सन् २०२६ मा विश्वव्यापी जीवाश्म इन्धनबाट हुने कार्बन उत्सर्जन ०.४ प्रतिशतले घट्ने अनुमान गरिएको छ । अनुसन्धानकर्ताहरूले मङ्गलबार सार्वजनिक गरेको ‘ग्लोबल कार्बन बजेट’ प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो ।
प्रतिवेदनअनुसार तेल, ग्यास र कोइला बाल्दा निस्कने उत्सर्जन पछिल्लो एक दशकमा वार्षिक औसत ०.९ प्रतिशतले बढेको थियो । सन् २०२५ मा यस्तो उत्सर्जन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । कोभिड महामारीका कारण सन् २०२० मा उत्सर्जन घटेयता यस वर्ष पहिलोपटक गिरावट आउने अनुमान गरिएको हो ।
इरानमा अमेरिकाको नेतृत्वमा जारी युद्ध र हर्मुज जलघाँटी बन्द हुँदा तेलको मूल्य बढेको र खपत घटेको अनुसन्धानकर्ताहरूले बताएका छन् । यसका साथै सौर्य तथा वायु ऊर्जा र विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगले पनि उत्सर्जन घटाउन योगदान पु¥याएको छ । विश्वव्यापी ऊर्जा माग वृद्धिको दुई तिहाइ हिस्सा यी स्वच्छ ऊर्जा स्रोतले पूरा गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सन् २०२६ मा कार्बन उत्सर्जन ०.४ प्रतिशत घट्ने प्रक्षेपण
Previous Articleनेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल


NPL Special
NPL Special
NPL Special
NPL Special