गुल्मी, बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । तर छत्रकोट गाउँपालिका-२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले छाडेका बाँझो जग्गामा व्यावसायीक रुपमा फूलखेती गरेर मनग्य आम्दानी गर्दै आएकी छन् ।
महत्राले विगत पाँच वर्षदेखि बाँझो जग्गामा व्यावसायिक रुपमा सयपत्री फूल खेती गरेर पर्याप्त आम्दानी लिन थालेकी हुन् । गाउँमा बसाइँसराइका कारण प्रयोगविहीन बनेका जग्गालाई सदुपयोग गर्ने उद्देश्यले उनले स्थानीयको सहमतिमा रु पाँच हजारमा तीन रोपनी जग्गा भाडामा लिएर हाइब्रिड जातको सयपत्री फूल खेती गरेकी छिन् । भारतको गोरखपुरबाट रु ८० हजारको बीउ ल्याएर सुरु गरेका उनको व्यवसाय अहिले आम्दानीसँगै गाउँमा कृषि उद्यमको गतिलो उदाहरणसमेत बनेको छ ।
उनले उत्पादन गरेको फूल प्रतिकिलो रु २२० का दरले बिक्री गर्दा यस वर्ष फूलबाट मात्रै रु तीन लाख ९६ हजार आम्दानी हुने देखिन्छ । गत वर्ष रु तीन लाख ५० हजारको फूल बिक्री गरेकी महत्राले यस वर्ष त्यो भन्दा बढी आम्दानी हुने बताइन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleझापामा २५ लाखभन्दा बढीको अवैध आयातित फूलमाला बरामद
Next Article गण्डीगाडमा पुल निर्माण कार्य अघि बढेन


NPL Special
NPL Special
NPL Special
NPL Special