झापा, सशस्त्र प्रहरी बल, नेपालले भद्रपुरबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएको भारतीय फूलमाला बरामद गरी नष्ट गरेको छ ।
आज दिउँसो १२ः०० बजेतिर सशस्त्र प्रहरी बल नेपालको २ नं. गणबाट खटिएको गस्ती टोलीले भद्रपुर नगरपालिका वडा नं. ५ स्थित देवीबस्ती इलाकामा रु २५ लाख ६३ हजार ४०० मूल्य बराबरको फूलमाला बरामद गरेको गणपति सचिन कर्माचार्यले जानकारी दिए ।
बरामद गरिएका सयपत्री लगायतका फूलमालाहरू गणको कार्यालय परिसरभित्र खाली जग्गामा खाल्डो खनी पुरेर नष्ट गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा स्थानीय किसानले उत्पादन गरेको फूल नै तिहारमा पर्याप्त हुने जनाउँदै आयातित फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन जारी गरेको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleचीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला
Next Article सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी


NPL Special
NPL Special
NPL Special
NPL Special