काठमाडौं, भारतीय कांग्रेस नेतृ सोनिया गान्धीको नयाँ संस्मरण पुस्तक ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ ऐतिहासिक तथ्यमा भएका त्रुटिका कारण विवादमा परेको छ। मंगलबार सार्वजनिक पुस्तकमा भारतीय राजनीतिक इतिहासका महत्त्वपूर्ण घटनाबारे गलत विवरण समावेश गरिएको भन्दै आलोचना भइरहेको छ।
पुस्तकमा कांग्रेस नेता अहमद पटेलको मृत्यु सन् २०२२ मा भएको उल्लेख छ, जबकि उनको निधन सन् २०२० नोभेम्बर २५ मा भएको थियो। राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) स्थापना वर्ष सन् १९२१ लेखिएको छ, जबकि यसको स्थापना सन् १९२५ मा भएको थियो। त्यस्तै, अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलन सन् २०१२ मा सुरु भएको उल्लेख गरिएको छ, जबकि यसको सुरुआत सन् २०११ मा भएको थियो।
कारगिल युद्ध १० महिना चलेको उल्लेख गरिए पनि युद्ध सन् १९९९ जुलाईमै समाप्त भएको थियो। राहुल गान्धीको मानहानि मुद्दा, गुजरातको राजधानी, लोकसभा निर्वाचन परिणाम तथा नेल्सन मण्डेलाको भारत भ्रमणसम्बन्धी विवरणमा समेत त्रुटि भेटिएका छन्। यी त्रुटिले पुस्तकको सम्पादकीय तथ्य जाँच प्रक्रियामाथि प्रश्न उठाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special