काठमाडौं, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउको संरक्षण, दिगो उपयोग तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
‘जङ्गली हिमाली औषधीय तथा सुगन्धित वनस्पति र च्याउसम्बन्धी क्षेत्रीय सहकार्य’ विषयक कार्यक्रममा उहाँले हिमालय जीवन, पहिचान र समृद्धिको साझा स्रोत भएको उल्लेख गर्नुभयो।
उहाँले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारले हिमाली जैविक विविधतामा जोखिम बढाएको बताउँदै यसको संरक्षणका लागि छिमेकी मुलुक र अन्तरराष्ट्रिय साझेदारबीच सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।
यस्ता प्राकृतिक स्रोतको दिगो उपयोगले स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धिमा योगदान पुर्याउनुका साथै हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने उहाँको भनाइ थियो।
कार्यक्रममा नेपालसहित भुटान, भारत र चीनका सरकारी प्रतिनिधि, अन्तरराष्ट्रिय संस्था, विज्ञ तथा विकास साझेदारहरूको सहभागिता रहेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special