काठमाडौं, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक रहेको बताएका छन्। स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेवा थप प्रभावकारी हुने उनको भनाइ छ।
तानसेन नगरपालिकाको आयोजना र एसिया फाउन्डेसनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहबीच सिकाइको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा सहकार्य हुन नसके नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने बताए।
स्थानीय सरकार सबलीकरण कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा दमक, मिथिला, भीमेश्वर, वालिङ, गल्याङ, तानसेन, टीकापुर र भजनी नगरपालिकाका प्रतिनिधि सहभागी छन्। भोलिसम्म चल्ने कार्यक्रममा पालिकाका असल अभ्यास, उपलब्धि र आपसी सहकार्यका विषयमा छलफल भइरहेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special