काठमाडौं, नेपाली कांग्रेसले पार्टीको नाम, झण्डा, लेटरप्याड र चुनाव चिह्न रुखको अनधिकृत प्रयोग नगर्न पूर्वसभापति शेरबहादुर देउवा समूहलाई चेतावनी दिएको छ। केन्द्रीय समितिको बैठकले पार्टीका आधिकारिक प्रतीक प्रयोग गरेर विभिन्न गतिविधि सञ्चालन भइरहेको निष्कर्ष निकालेको महामन्त्री प्रदीप पौडेलले बताए।
पौडेलका अनुसार केही व्यक्ति तथा समूहले पार्टीको नाम, चारतारे झण्डा र चुनाव चिह्न रुख प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा गतिविधि सञ्चालन गर्दै आएका छन्। यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको कांग्रेसको ठहर छ।
कांग्रेसले पार्टीका आधिकारिक प्रतीक प्रयोग गरी गतिविधि सञ्चालन नगर्न र त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक कार्यक्रमका रूपमा प्रचार नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। निर्देशन उल्लङ्घन गरे पार्टीको विधान र प्रचलित कानुनबमोजिम कारबाही तथा कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special