नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला आगामी साउन तेस्रो सातादेखि सञ्चालन गर्ने तयारी भइरहेको छ। आयोजना प्रमुख सौजन्य नेपालका अनुसार भौतिक ९९.५ प्रतिशत र वित्तीय ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ। सुरुङमार्ग सञ्चालनका लागि १५० कर्मचारी भर्ना गरी तालिम र सुरक्षा तयारी भइरहेको छ। पाँच वर्षका लागि सेवा प्रदायक कम्पनीसँग सम्झौता भइसकेको छ। दैनिक करिब ८ हजार सवारी साधन चल्ने अनुमान छ भने वार्षिक करिब ३५ करोड रुपैयाँ टोल शुल्क उठ्ने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


