मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने ऐतिहासिक अभियान सञ्चालन गर्न जापानले तयारी गरेको छ । यसले मङ्गल ग्रह र यसका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण तथा पृथ्वीमा जीवनको सुरुआतबारे महत्त्वपूर्ण जानकारी दिने वैज्ञानिकहरूको अपेक्षा छ ।
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार एमएमएक्स अन्तरिक्षयान बोकेको एच-३ रकेट मङ्गलबार बिहान ४ः४१ बजे तानेगासिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गर्ने तयारी छ । अन्तरिक्षयान एक वर्षपछि मङ्गल ग्रहको नजिक पुग्नेछ र फोबोसको तीन वर्षसम्म परिक्रमा गर्दै त्यहाँबाट कम्तीमा १० ग्राम नमूना सङ्कलन गर्नेछ । फ्रान्सेली हास्य पात्र एस्टेरिक्सको कुकुरको नामबाट ‘इडिफिक्स’ नाम दिइएको रोभरले अवतरणका लागि उपयुक्त स्थान पहिचान गर्न सतहको अवलोकन गर्नेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबेपत्ता बालबालिकाको खोजीमा एआई


