आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यु-१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गत असोज २० गतेदेखि सुरु भएको १३ दिने बन्द प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट भएका २८ जना महिला क्रिकेट खेलाडी सहभागी थिए ।
पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा यू-१९ टोलीका प्रशिक्षक महेश रिजालले खेलाडीलाई प्रशिक्षण दिएका थिए । उनी आईसीसी महिला यू-१९ क्रिकेटसँग सम्बन्धित प्रशिक्षकका रूपमा समेत आबद्ध छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा
Previous Articleफ्रान्समा हिंसात्मक प्रदर्शनका क्रममा १८०० भन्दाबढी पक्राउ
Next Article लिग-२ को अन्तिम खेल: आज नेपाल र ओमान भिड्दै


