नेपाल नेत्रज्योति सङ्घले आर्थिक वर्ष २०८२/८३ मा विदेशी बिरामीको आँखा उपचारबाट १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्रिएको जनाएको छ। छिमेकी मुलुकहरूबाट सीमापार गरी नेपालमा उपचारका लागि आउने बिरामीहरूको सङ्ख्या निरन्तर बढ्दै गएपछि यो उपलब्धि हासिल भएको हो।
सङ्घका प्रमुख वित्त अधिकृत देवराज पन्तका अनुसार, नेपालको आँखा उपचार सेवा विश्वसनीय र गुणस्तरीय भएकाले विदेशी बिरामीहरूको आकर्षण बढेको हो।
हाल नेपाल नेत्रज्योति सङ्घको देशव्यापी सञ्जालमा २८ वटा आँखा अस्पताल र २२६ वटा उपचार केन्द्रहरू आबद्ध रहेका छन्। यी स्वास्थ्य संस्थाहरूले स्वदेशी नागरिकका साथै उल्लेख्य सङ्ख्यामा आउने विदेशी बिरामीहरूलाई समेत उच्च स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपालमा आँखा उपचारबाट डेढ अर्ब रुपैयाँ विदेशी मुद्रा भित्रियो
Previous Articleराइनो दौड प्रतियोगिता कात्तिक १४ मा हुने
Next Article दरवाङमा सडक पुगेको दुई दशकपछि मात्र कालोपत्र


