वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले रसेललाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत आज जानकारी गराएको छ । “समर्थकले तपाईंको माग गरे । हामीले पूरा गर्यौं । विराटनगर किङ्समा स्वागत छ”, विराटनगरको टोलीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।
सन् १९८८ अप्रिल २९ मा जमैकामा जन्मिएका रसेलले वेष्ट इण्डिजका लागि एउटा टेष्ट, ५६ एकदिवसीय अन्तरराष्ट्रिय र ८६ टी-२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीय अन्तरराष्ट्रियमा एक हजार ३४ रन बनाउनुका साथै ७० विकेट लिएका छन् ।
टी-२० अन्तरराष्ट्रियमा उनले एक हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन् । अन्तरराष्ट्रिय क्रिकेटसँगै रसेलले विश्वका विभिन्न व्यावसायिक फ्रेन्चाइज लिगमा पनि प्रभावशाली प्रदर्शन गरेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने
Previous Articleकांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
Next Article बेनी-दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन


