मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जना सर्वसाधारण मारिएका छन् । आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी तथा स्थानीय स्रोतहरूले बताएका छन् ।
मोटरसाइकलमा आएका आक्रमणकारीले टिनाबो गाउँ र तगादायत क्षेत्रका शिविरमा गोली चलाउनुका साथै घरहरूमा आगो लगाएका थिए । दौसहाक समुदायको कार्यकारी ब्युरोले हत्यामा इस्लामिक स्टेट समूह संलग्न रहेको आरोप लगाएको छ ।
एक सुरक्षा स्रोतका अनुसार हालै गरिएको सैन्य कारबाही र अजवादको उद्धारका लागि सशस्त्र आन्दोलन (एमएसए) ले गरेको आक्रमणको बदलास्वरूप हिंसा भएको हो। दौसहाक समुदायबाटै उदाएको एमएसए मालीको सत्तारूढ सरकारसँग सम्बन्धित छ।
एक स्थानीय अधिकारीले महिला र वृद्धसहित ५० भन्दा बढीको मृत्यु भएको बताएका छन् । आक्रमणबाट विस्थापित भएका मानिसहरू मेनाका पुगेका छन् । दौसहाक समुदायको कार्यकारी ब्युरोले घटनालाई नरसंहार भन्दै निन्दा गरेको छ र विस्थापितका लागि तत्काल मानवीय सहायता उपलब्ध गराउन अपिल गरेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleराष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना
Next Article ५ लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका


