अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन् । उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने सङ्केत गरेका छन् ।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी गरेका छन् । यसले वासिङ्टन र किभबीचको मतभेद थप उजागर गरेको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चीनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा त्रिपक्षीय बैठकको सम्भावनाबारे चर्चा भए पनि कुनै ठोस सहमति नभएको बताएका छन् । नोभेम्बर १८ र १९ मा सेन्जेनमा हुने सम्मेलनमा तीनै देश सहभागी हुँदैछन् । चिनियाँ विदेश मन्त्रालयले भने सम्भावित भेटबारे जानकारी नभएको जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना


