अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने व्यवस्था छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आवमा रु २१ करोड ६९ लाख ९७ हजार ५०० सङ्कलन भएको थियो । उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका १८ सय ५५ पर्यटकबाट प्रतिव्यक्ति ५०० डलर र एकदिन भ्रमण गरेका २५ सय ६९ पर्यटकबाट प्रतिव्यक्ति ५० डलर सङ्कलन भएको आयोजनाका प्रमुख डा रविन कडरियाले जानकारी दिए ।
त्यस्तै सात दिनको भ्रमण अनुमति लिएर मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका १३ सय ३८ जना पर्यटकबाट प्रतिव्यक्ति सय डलरका दरले प्रवेश शुल्क उठेको हो । निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने गरेको छ । अध्यागमन कार्यालयमार्फत उठ्ने निषेधित क्षेत्रको प्रवेश शुल्क सङ्घ सरकारको राजस्वमा जाने गरेको आयोजना प्रमुख डा कडरियाले बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व
Previous Article५ लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका


