अमेरिकाको दक्षिण फ्लोरिडास्थित पाल्म बीच काउन्टीमा आइतबार दिउँसो एउटा निजी व्यावसायिक जेट विमान दुर्घटना हुँदा विमानमा सवार सबै ९ जनाको मृत्यु भएको छ। टेक्ससको अस्टिनबाट बहामासका लागि उडेको लियरजेट ६० मोडेलको उक्त विमान खराब मौसमका कारण तीव्र गतिमा भुइँमा खसेर ठूलो आगोको ज्वालामा परिणत भएको थियो।
विमान खस्नुअघि पाइलटले तीव्र हावाहुरी, खराब मौसम र विमानमा बरफ जमेको जानकारी नियन्त्रण कक्षलाई गराउँदै आपत्कालीन घोषणा गरेका थिए। फेडरल एभिएसन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान सुरु गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपाउद्वार-खोप्रा पदमार्ग श्रमदानबाट मर्मत
Next Article बङ्गलादेशका जिशन अलामले कर्णालीबाट एनपिएल खेल्ने



NPL Special
NPL Special