काठमाडौं, जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेपछि थापाले नाम फिर्ता लिने निर्णय गरेका हुन्। जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषयमा सांसदहरूले प्रश्न उठाएपछि गत असोज २८ गते उनको सुनुवाइ स्थगित गरिएको थियो। थापाले पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special