काठमाडौं, अमेरिकी सेनाले इरानमा हतियार र अवैध सामग्रीको ढुवानीमा प्रयोग हुने भूमि मार्गहरू अवरुद्ध गर्ने उपाय खोज्न २० सदस्यीय कार्यदल गठन गर्ने घोषणा गरेको छ ।
यी प्रतिबन्धहरूले दुई देशबीचको आठ महिने युद्धका क्रममा इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसेनाको नाकाबन्दीलाई अझ विस्तार गर्नेछ।
युद्धमा तेहरानले पनि महत्वपूर्ण होर्मुज जलमार्गमा यातायात प्रतिबन्ध लगाएर विश्वव्यापी ऊर्जा आपूर्तिलाई असर पारेको थियो।
कार्यदलको कामले ‘इरानको आतङ्कवादलाई वित्तपोषण गर्ने, हतियार कारखाना पुनर्निर्माण गर्ने र आफ्नो सैन्य क्षमता पुनःपूर्ति गर्ने क्षमतालाई थप सीमित गर्नेछ,” अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख ब्राड कूपरले शनिबार एक्समा पोस्ट गरेको वक्तव्यमा उल्लेख छ ।
फ्लोरिडा कायौलय रहेको नागरिक र सैन्य कर्मचारीहरूको यो टोलीले अमेरिकी सरकारी निकायहरूसँग समन्वय गर्दै ‘उन्नत हतियार प्रणाली, दोहोरो प्रयोग प्रविधि, प्रतिबन्धित सामग्री र अवैध आम्दानीका स्रोतहरूलाई इरानका भूमि सीमा र क्यास्पियन सागर हुँदै आवतजावत गर्नबाट रोक्ने’ काम गर्ने वक्तव्यमा जनाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अमेरिकाले इरानमा भूमि मार्गहरू अवरुद्ध गर्न कार्यदल गठन
Previous Articleमेचीनगरबाट चार जना सडक मानवको उद्धार
Next Article मादलको माग उच्च


NPL Special
NPL Special
NPL Special
NPL Special