अछाम, सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका-२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी गाउँपालिका-२ र दिपायल सिलगढी नगरपालिका-८ जोड्ने गण्डीगाडमा ४० मिटर लम्बाईको पुल निर्माण गर्न एस एस एन एस सि पि सि एस-ए सि जेभी धनगढी-५ कैलालीसँग सम्झौता गरेको थियो ।
मोटरेवल पुल निर्माणका लागि उक्त क्षेत्रमा डोजरले बाटो बनाउने क्रममा माथिबाट ठूलो ढुङ्गा खस्दा गण्डीगाडमा रहेको झोलुङ्गे पुलमा उल्टै क्षति भएको थियो । झोलुङ्गे पुल क्षतिग्रस्त हँुदा अहिले दैनिक जसो नागरिक त्यही जीर्ण पुल भएर आवतजावत गरिरहेका छन् ।
पूर्वाधार विकास कार्यालयलाई पटकपटक ताकेता गर्दा पनि कुनै चासो नदिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए । नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भए पनि आयोजना कार्यान्वयन गर्ने निकाय मौन रहेको उनको आरोप छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी
Next Article राइफलको गोलीसहित एक जना पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special