काठमाडौं, प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरे ।
गणेशमान जयन्तीका अवसरमा आज नेपाली काँग्रेसका दुवै समूह र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्था, गणेशमान सिंह अध्ययन प्रतिष्ठानलगायतले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै


NPL Special
NPL Special
NPL Special
NPL Special