काठमाडौं, दशकौँ पुरानो हवाई यातायात सञ्चार प्रणालीमा समस्या आएपछि शुक्रबार अमेरिकाभर करिब चार घण्टा हवाई उडान अवरुद्ध भएको छ। घटनाका कारण लाखौँ यात्रु प्रभावित भएका छन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी करिब ६ हजार उडान रद्द भएका छन्।
अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) का अनुसार हवाई यातायात नियन्त्रण प्रणालीमा व्यापक सञ्चार अवरोध आएपछि देशभरका विमानस्थलमा उडान रोक्नुपरेको थियो। करिब चार घण्टापछि उडान रोकसम्बन्धी आदेश हटाइएको थियो।
यातायातमन्त्री सन डफीले पुराना स्विच, राउटर र सन् १९८० को दशकका तामाका तार प्रयोग भइरहेकाले प्रणालीमा अत्यधिक भार परेको बताए। उनले प्रणाली आधुनिकीकरणका लागि संसद्सँग ३० अर्ब १० करोड अमेरिकी डलर बजेट माग गरेका छन्।
सरकारले उक्त घटना साइबर आक्रमण वा नियोजित गतिविधिका कारण नभएको स्पष्ट पारेको छ। यसबाट विमानस्थलमा यात्रुको भीड बढेको थियो भने हजारौँ यात्रु वैकल्पिक यातायात खोज्न बाध्य भएका थिए।


NPL Special
NPL Special
NPL Special
NPL Special