काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा कायम भएको छ। यस्तै, युरोको बिक्रीदर १६७ रुपैयाँ १० पैसा र बेलायती पाउन्डको १९९ रुपैयाँ ९५ पैसा तोकिएको छ।
कुवेती दिनार एकको बिक्रीदर ४८९ रुपैयाँ ६० पैसा रहेको छ भने भारतीय रुपैयाँ १०० को बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर भने फरक हुन सक्छ।


NPL Special
NPL Special
NPL Special
NPL Special