काठमाडौं, काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। ‘काठमाडौँ जलवायु कार्य सप्ताह-२०८३’ अन्तर्गत हुने प्रतियोगितामा कक्षा ६ देखि १२ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले भाग लिन पाउनेछन्।
जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न व्यक्ति र समुदायले खेल्न सक्ने भूमिकाबारे जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महानगरले जनाएको छ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, सात जनालाई जनही १० हजार रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
विद्यार्थीका लागि जलवायु भिडियो प्रतियोगिता गर्दै महानगर, विजेतालाई ५० हजार
Previous Articleराउटर गडबडीले अवरुद्ध अमेरिकाको हवाई सेवा सामान्य लयमा फर्किँदै


NPL Special
NPL Special
NPL Special
NPL Special