वीरगन्ज, सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आज सहभागी भएका छन् ।
श्रद्धा र आस्थाको प्रतीकका रुपमा लिइने सांस्कृतिक पर्व छठका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरी परिसरको अवलोकन तथा स्थानीय श्रद्धालुहरूसँग भेट गरे ।
त्यसैगरी, छठ पर्वका अवसरमा वीरगन्ज महानगरपालिका-१६ स्थित नगवा पोखरीको छठ पूजामा पनि उनी सहभागी भए । लोकआस्थाको पर्व छठ पर्वका अवसरमा वीरगन्जस्थित पोखरी, नदी, सरोवर तथा जलाशयलगायत छठघाट साजसज्जाले झकिझकाउ गरिएका छन् ।
वीरगन्जका ऐतिहासिक घडिअर्वा, लाछुमनवा र ‘स्वीमिङ पुल’लगायत छठ घाटलाई साजसज्जासहित सुन्दर बनाइएको छ । खरना मनाई सकिएको छ भने आज अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअस्ताउँदो सूर्यलाई अर्घ दिएर ‘सझिया अरख’ विधि सम्पन्न
Next Article भक्तपुरका कमलपोखरीमा भक्तजनले मनाए छठ पर्व


NPL Special
NPL Special
NPL Special
NPL Special