नेपालगञ्ज, लोक आस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर ‘सझिया अरख’ विधि सम्पन्न गरिएको छ ।
नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पूर्वपट्टि रहेको तलाउमा भेला भएका महिलाले सामूहिक रूपमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको महत्त्वपूर्ण विधि ‘सझिया अरख’ सम्पन्न गरेका हुन् । तलाउ परिसरमा छठ पर्व मनाउन व्रतालु तथा श्रद्धालुको उपस्थिति रहेको थियो । नदी, तलाउ र कुण्डसहितका जलाशयमा निर्मित घाटमा व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका हुन् । सूर्यास्तको समय पारेर सूर्यदेव र छठीदेवीको महिमागान गर्दै मङ्गलगानका बीच पहिलो अर्र्घको विधि सम्पन्न गरिएको हो ।
कार्तिक शुक्ल षष्ठी तिथिमा भगवान् सूर्य र देवी षष्ठीको उपासना गरिने यस पर्वमा व्रतालुले पहिलो अर्घ अस्ताचलगामी (अस्ताउँदो) सूर्यलाई दिने परम्परा छ । अर्घ दिन एक घडीपूर्वदेखि जलाशयमा कम्मरसम्मको पानीमा उभिएर प्रार्थना गर्दै व्रतालुले सूर्यास्त कुरेका थिए । जटासहितको नरिवल, अविर र अरबा चामलको पिठो हातमा लिएर सूर्यदर्शन गर्दै अर्घ दिइन्छ । व्रतालुले यससँगै क्रमशः छठका लागि बनाएका ठकुवा, भुसुवासहित मिष्टान्नका डाली, केरा र अन्य फलफूल सूर्यलाई देखाउँछन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अस्ताउँदो सूर्यलाई अर्घ दिएर ‘सझिया अरख’ विधि सम्पन्न
Previous Articleकाठमाडौँले पहिले बलिङ रोज्यो
Next Article सभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी


NPL Special
NPL Special
NPL Special
NPL Special