मेष
(चु, चे, चो, ला, ली, लू, ले, लो, अ)
आज अध्ययनमा उत्साह थपिनेछ तथा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। पारिवारिक विषयमा धैर्य अपनाउनुहोला। आज प्रेममा आपसी विश्वास बढ्नेछ।
वृष
(ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
आज कारोबारमा स्थिरता आउनेछ।
आज घरपरिवारसँग सम्बन्धित काममा व्यस्तता बढ्न सक्छ। पुरानो योजनालाई नयाँ ढङ्गले अघि बढाउने अवसर मिल्नेछ। अरूको सुझाव सुनेर निर्णय लिनु राम्रो हुनेछ।
मिथुन
(का, की, कु, घ, ङ, छ, के, को, हा)
आज मनको कुरा व्यक्त गर्ने समय। दिनचर्या व्यवस्थित राख्नुहोला।आज नयाँ कुरा सिक्ने र नयाँ मानिससँग परिचित हुने अवसर मिल्न सक्छ। हतारमा कुनै वचन नदिनुहोला।
कर्कट
(ही, हु, हे, हो, डा, डी, डू, डे, डो)
आज आत्मीयता बढ्नेछ। एकाग्रता आवश्यक हुनेछ।आज पारिवारिक जिम्मेवारी पूरा गर्ने अवसर मिल्नेछ। मनमा कुरा राख्नुभन्दा शान्त रूपमा छलफल गर्नुहोला।
सिंह
(मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आज प्रतियोगितात्मक तयारीमा प्रगति।
आज आफ्नो क्षमता प्रस्तुत गर्ने राम्रो अवसर प्राप्त हुन सक्छ। सामाजिक क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। अरूको प्रशंसा पाउँदा पनि नम्रता कायम राख्नुहोला।
कन्या
(टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आज अधुरा काम पूरा गर्न ध्यान केन्द्रित हुनेछ। कागजी प्रक्रिया तथा हिसाबकिताब मिलाउने अवसर मिल्न सक्छ। सानो कुरामा अनावश्यक चिन्ता नगर्नुहोला।
तुला
(रा, री, रू, रे, रो, ता, ती, तू, ते)
आज साथीभाइ र आफन्तसँगको सम्बन्ध अझ राम्रो बन्न सक्छ। नयाँ सहकार्यको प्रस्ताव आउन सक्छ। निर्णय गर्दा आफ्नो आवश्यकता र क्षमतालाई पनि ध्यान दिनुहोला।
वृश्चिक
(तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आज धैर्य र गोपनीयता आवश्यक पर्ने दिन छ। पुरानो काममा नयाँ प्रगति देखिन सक्छ। अरूको कुरामा तुरुन्तै प्रतिक्रिया नदिई वास्तविकता बुझ्नुहोला।
धनु
(ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आज धार्मिक तथा आध्यात्मिक विषयमा रुचि बढ्नेछ। नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्न सक्छ। गुरुजनको सुझावले अन्योल हटाउन सहयोग गर्नेछ।
मकर
(भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
आज जिम्मेवारी पूरा गर्ने विषयमा गम्भीरता बढ्नेछ। लामो समयदेखि रोकिएको काममा प्रगति हुन सक्छ। आफ्नो समयको सही व्यवस्थापन गर्न सके राम्रो उपलब्धि मिल्नेछ।
कुम्भ
(गु, गे, गो, सा, सी, सू, से, सो, दा)
आज नयाँ विचारले पुरानो काममा सुधार ल्याउन सक्नेछ। साथीभाइसँगको छलफलबाट उपयोगी सुझाव प्राप्त हुनेछ। आफ्नो क्षमताअनुसार योजना बनाउनुहोला।
मीन
(दी दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज सिर्जनात्मक काममा मन जानेछ। सामाजिक तथा सेवामूलक कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ। आफ्नो लक्ष्यलाई प्राथमिकता दिएर अघि बढ्नुहोला।
— गुरु संजिब विनोद चालिसे


NPL Special
NPL Special
NPL Special
NPL Special