अन्ताल्या, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप-३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन् ।
कोप-३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै पक्षको सहमति र सम्झौताबिना सामूहिक सफलता सम्भव नहुने बताए । “प्रत्येक पक्षबाट सम्झौता र सहमति नभएसम्म सामूहिक सफलता सम्भव छैन”, उनले भने, “प्रत्येक देशको आफ्नै धारणा र आवाज छ । प्रत्येक शब्द र वाक्यमा सहमति जुटाउन कठिन भए पनि त्यो अत्यन्तै महत्वपूर्ण काम हो ।”
सम्मेलनमा करिब २०० देशले १६५ वटा कार्यादेशमा छलफल गरिरहेको जानकारी दिँदै उनले दोस्रो सातामा प्रवेश गर्दा कठिन विषयमा शीघ्र छलफल अघि बढाउन र रणनीतिक रूपमा वार्ता लम्ब्याउने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रहः ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’
Previous Articleआज कुन विदेशी मुद्राको मूल्य कति ?
Next Article उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न


NPL Special
NPL Special
NPL Special
NPL Special