काठमाडौं, नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको राजस्थान राज्यको श्रीगङ्गानगर जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका-१७, ठमेलमा बस्दै आएका ३५ वर्षीय रोहित पथरिया रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी एनपिएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पथरियासँग रहेका दुई थान मोबाइल फोन जाँच गर्दा उनले अनलाइन ‘बेटिङ साइट’मार्फत क्रिकेट खेलमा पटक-पटक सट्टेबाजी गरेको पाइएको जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पथरियाले बेटिङ साइट प्रयोग गरी एनपिएलका खेलमा पटक-पटक गरी रु आठ लाख ७५ हजार ४० बराबरको कारोबार गरेको खुलेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleयस्तो छ आजको मौसम पूर्वानुमान


NPL Special
NPL Special
NPL Special
NPL Special