काठमाडौं, सरकारले मासुको स्वच्छता र उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिँदै वधशाला तथा मासु पसलका व्यवसायीलाई आवश्यक मापदण्डबारे सचेत गराउन थालेको छ । ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ कार्यान्वयनको पहिलो चरणमा काठमाडौं उपत्यकाका वधशाला तथा मासु पसलमा तालिमप्राप्त मासु निरीक्षक खटाएर अनुगमन र जनचेतना फैलाउने काम भइरहेको छ । निरीक्षकले वधशालाको सरसफाइ, औजार, अचानो र सफा पानीको प्रयोगबारे जानकारी दिँदै सुधार गर्नुपर्ने पक्षमा निर्देशन दिइरहेका छन् ।
मन्त्रालयका सूचना अधिकारी डा मणिरत्न अर्यालका अनुसार मासु निरीक्षकले वधशालामा हुनुपर्ने आधारभूत पूर्वाधार र स्वच्छ मासु उत्पादनका मापदण्डबारे व्यवसायीलाई जानकारी गराइरहेका छन् । पशु जाँचपछि स्वच्छ ठहरिएको मासुमा छाप लगाउने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको छ । ऐनअनुसार छाप वा चिन्ह नलगाइएको मासु बिक्री गर्न पाइने छैन ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकाठमाडौंका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् आपूर्ति बन्द हुने
Next Article तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति


NPL Special
NPL Special
NPL Special
NPL Special