काठमाडौं, नेपालले सन् २०२७ जुन ३ मा इंग्ल्यान्डको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार नेपालको इंग्ल्यान्ड भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो।
लर्ड्समा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटको खेल एकै दिन आयोजना हुन लागेको यो पहिलो अवसर हुनेछ। बंगलादेशले पहिलो पटक लर्ड्समा पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो भने नेपालले दोस्रो पटक त्यहाँ खेल्नेछ। नेपालले यसअघि सन् २०१८ मा नेदरल्यान्ड्ससँग लर्ड्समा खेलेको थियो।
भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड र आयरल्यान्डसँग पनि प्रतिस्पर्धा गर्नेछ। नेपालले जुन १ मा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ। जुन ६ मा आयरल्यान्डसँग ५० ओभरको खेल हुनेछ।
त्यसैगरी, जुन ९ मा आयरल्यान्डसँग एक टी–२० तथा जुन ११ र १२ मा बेकनहममा दुई टी–२० खेल खेल्ने तालिका छ। एमसीसीका अनुसार लर्ड्सको खेल नेपाली र बंगलादेशी दर्शकलाई लक्षित गर्दै टेलिभिजन प्रसारणको समयअनुसार तय गरिएको हो।


NPL Special
NPL Special
NPL Special
NPL Special