काठमाडौं, विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमा ‘सेल ब्रोडकास्टिङ सिस्टम’ (सीबीएस) को परीक्षण गरिने भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार मङ्सिर ४ गते काठमाडौंको बलम्बु क्षेत्रमा सीमित प्राविधिक परीक्षण गर्न लागिएको हो। सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा परीक्षण हुनेछ।
यो प्रविधिमार्फत निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ। सिमकार्ड वा इन्टरनेट सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुन सक्छ।
प्रारम्भिक परीक्षण सफल भएमा प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गरी बाढी, पहिरोलगायत प्राकृतिक विपद्को उच्च जोखिम रहेका क्षेत्रमा लागू गर्ने योजना छ। यसले नागरिकलाई समयमै सचेत गराउन र सम्भावित जोखिमबाट जोगिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special