काठमाडौं, मेष (चु, चे, चो, ला, ली, लू, ले, लो, अ)
आज नयाँ योजनामा प्रगति हुनेछ। प्रिय व्यक्तिसँग आत्मीयता बढ्नेछ।मनमा नयाँ उत्साह र केही फरक गर्ने चाहना जाग्नेछ। रोकिएका कामलाई फेरि सुरु गर्ने अवसर मिल्न सक्छ।
वृष (ई, उ, ए, ओ, वा, वी, वू, वे, वो)
आज कारोबारमा सुधार हुनेछ खर्च गर्दा आवश्यकतालाई प्राथमिकता दिनुहोला। धैर्यपूर्वक अघि बढ्दा अपेक्षा गरेको काममा सफलता मिल्न सक्छ। सम्बन्धमा विश्वास बढ्नेछ।खानपानमा ध्यान दिनुहोला।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, ह)
आज मानसिक शान्ति कायम राख्नुहोला।अधुरो कामलाई प्राथमिकतामा राख्नुहोला। तपाईंको विचार र बोलीले अरूलाई प्रभावित पार्न सक्छ। नयाँ कुरा सिक्ने तथा नयाँ व्यक्तिसँग चिनजान बढाउने अवसर मिल्न सक्छ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डू, डे, डो)
आज अनावश्यक खर्च नियन्त्रण गर्नुहोला। घरपरिवार र आफन्तसँग सम्बन्धित विषयमा समय दिनुपर्ने हुन सक्छ। मनमा रहेका कुरा शान्त भएर राख्नुभयो भने समझदारी बढ्नेछ। पुरानो जिम्मेवारी पूरा गर्ने मौका मिल्नेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आज नयाँ अवसरको संकेत प्राप्त हुनेछ। सम्बन्धमा मिठास थपिनेछ।आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुन सक्छ। काममा जिम्मेवारी बढे पनि आत्मविश्वासका साथ अघि बढ्नुहोला। सामाजिक क्षेत्रमा तपाईंको विचारले महत्व पाउन सक्छ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आज बचतमा ध्यान जाँदा फाइदा हुनेछ । सानो प्रयासले पनि ठूलो कामको सुरुवात हुन सक्छ। हतारमा कसैलाई वचन नदिनुहोला।दिनचर्या नियमित राख्नुहोला।
तुला (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
आज साझेदारीमा लाभको सम्भावना हुनेछ । अरूसँग मिलेर गरेको कामबाट राम्रो परिणाम प्राप्त हुन सक्छ। शरीरलाई सक्रिय राख्नुहोला। मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू )
आज मनमुटाव हटाउने अवसर। छ। पुरानो प्रयासबाट लाभ मिल्न सक्छ। आत्मबल र दृढताले तपाईंलाई अघि बढाउनेछ। लामो समयदेखि सोचिरहेको काम सुरु गर्ने मन बन्न सक्छ।
धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे )
आज ज्ञान, धर्म र नयाँ अनुभवप्रति आकर्षण बढ्न सक्छ। गुरुजनको सल्लाहले महत्वपूर्ण निर्णयमा सहयोग पुर्याउनेछ। यात्राको योजना छ भने तयारी पूरा गर्नुहोला।
मकर (भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
आज मेहनत र जिम्मेवारीको राम्रो तालमेल मिलाउन सकिनेछ। काममा देखिएको सानो बाधा धैर्यले पार गर्न सक्नुहुनेछ। परिवारको सल्लाहलाई बेवास्ता नगर्नुहोला।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आज नयाँ सोचले पुरानो समस्याको नयाँ समाधान दिन सक्छ। साथीभाइसँगको भेटघाट र छलफल उपयोगी बन्नेछ। आफ्नो सीपलाई सही ठाउँमा प्रयोग गर्ने प्रयास गर्नुहोला।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज धैर्यले राम्रो परिणाम दिनेछ। मनमा शान्ति र सकारात्मक विचार बढ्नेछन्। धार्मिक तथा आध्यात्मिक काममा समय बिताउने अवसर मिल्न सक्छ। आफ्नो प्रतिभालाई व्यवहारमा उतार्ने प्रयास गर्नुहोला।


NPL Special
NPL Special
NPL Special
NPL Special