काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक कदम चालेको आरोप लगाएका छन्।
पार्टीको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले कार्कीले प्रधानमन्त्री बनेपछि संविधानविपरीत काम गरेको आरोप लगाए।
उनले तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको जिकिर गरे। संसद् विघटन गरेर लोकतन्त्र जोगाएको भन्ने अभिव्यक्तिमाथि प्रश्न उठाउँदै ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेर लोकतन्त्र संरक्षण हुन नसक्ने बताए।
ओलीले आफ्नो पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे पनि त्यसको फैसला नभएको भन्दै असन्तुष्टि जनाए। मुद्दामा आफ्नो पक्षमा फैसला नभए पनि अदालतले निर्णय दिनुपर्ने उनको भनाइ थियो।
उनले तत्कालीन प्रधानमन्त्री र राष्ट्रपतिको कदमले संविधान र लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको आरोपसमेत लगाए।


NPL Special
NPL Special
NPL Special
NPL Special