मेष
(चु, चे, चो, ला, ली, लू, ले, लो, अ)
आज खर्चको योजना पहिले बनाउनुहोला। नयाँ जिम्मेवारी सम्हाल्ने हिम्मत बढ्नेछ। नयाँ कामको सम्भावना देखिनेछ। रोकिएको कामलाई फेरि गति दिने अवसर मिल्न सक्छ।
वृष
(ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
आज मेहनतको राम्रो परिणाम मिल्न सक्छ। धैर्यपूर्वक अघि बढ्दा काममा सहजता आउनेछ। परिवारको कुनै सदस्यबाट राम्रो सल्लाह प्राप्त हुन सक्छ।
मिथुन
(का, की, कु, घ, ङ, छ, के, को, हा)
आज मनका कुरा स्पष्ट राख्नुहोला। लेखन तथा अध्ययनमा ध्यान दिनुहोला। बोलेका कुराभन्दा गरेका कामलाई प्राथमिकता दिनुहोला। मनलाई शान्त राख्नुहोला।
कर्कट
(ही, हू, हे, हो, डा, डी, डू, डे, डो)
आज पर्याप्त आराम गर्नुहोला। प्रिय व्यक्तिको साथ मिल्नेछ। अरूको समस्या सुनेर उचित सल्लाह दिनुपर्ने हुन सक्छ। आफ्नो भावनालाई संयमित राख्नुहोला।
सिंह
(मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आज प्रतिस्पर्धात्मक काममा रुचि बढ्नेछ। आफ्नो प्रतिभा देखाउने अवसर आउन सक्छ। नयाँ अवसरबारे छलफल हुनेछ।आर्थिक योजना बनाउन राम्रो समय। सामाजिक सम्बन्ध विस्तार हुने सम्भावना छ।
कन्या
(टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आज पुरानो कामले गति लिन सक्छ। दिनचर्या सन्तुलित राख्नुहोला।स-साना कुरालाई व्यवस्थित गर्ने तपाईंको क्षमता काम लाग्नेछ। अधुरा योजना पूरा गर्न समय निकाल्नुहोला।
तुला
(रा, री, रू, रे, रो, ता, ती, तू, ते)
आज आफ्नो निर्णय अरूको दबाबमा नगर्नुहोला। मिलेर गरेको कामले राम्रो नतिजा दिन सक्छ। नयाँ व्यक्तिसँग चिनजान बढ्नेछ र उपयोगी विचार प्राप्त हुन सक्छ। सम्बन्धमा मिठास बढ्नेछ।
वृश्चिक
(तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आज कठिन विषयमा ध्यान दिनुहोला। खर्चमा नियन्त्रण आवश्यक छ। रोकिएको विषयमा नयाँ उपाय भेटिन सक्छ। आर्थिक कारोबारमा हतार नगर्नु होला।
धनु
(ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आज अध्ययनमा उत्साह बढ्नेछ। नयाँ सोचले अवसर ल्याउन सक्छ। अनुभवी व्यक्तिको सल्लाह उपयोगी बन्न सक्छ। आफ्नो समयलाई सही काममा लगाउनुहोला।
मकर
(भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
आज जिम्मेवारी पूरा गर्ने दृढता बढ्नेछ। काममा सानो ढिलाइ भए पनि धैर्य नगुमाउनुहोला। परिवारको सहयोगले नयाँ काममा हौसला मिल्नेछ।
कुम्भ
(गु, गे, गो, सा, सी, सू, से, सो, दा)
आज फरक ढङ्गले सोच्ने क्षमताले तपाईंलाई अघि बढाउनेछ। पुरानो समस्याको समाधान साथी वा सहकर्मीबाट प्राप्त हुन सक्छ। आफ्नो सीपलाई नयाँ काममा प्रयोग गर्नुहोला।
मीन
(दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज मनमा सकारात्मक विचार र सेवाभाव बढ्न सक्छ। धार्मिक तथा आध्यात्मिक काममा समय बिताउने अवसर मिल्नेछ। आफ्नो योजनालाई पूरा गर्न निरन्तर प्रयास गर्नुहोला।
— गुरु संजिब विनोद चालिसे


NPL Special
NPL Special
NPL Special
NPL Special